काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । केही दिनदेखि जारी बैठकले कार्यविभाजनको टुंगो लगाएको हो । स्रोतका अनुसार दुई नेताहरु घनश्याम भुसाल र राजेन्द्र पाण्डेलाई पाखा लगाउँदै डा वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । यो विभागका लागि घनश्याम र राजेन्द्रले तीव्र लबिइङ गरेका थिए ।
बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा संगठनको इन्चार्ज बन्ने भएका छन् । प्रचार विभाग प्रमुख प्रकाश ज्वाला प्रस्ताव गरिएका छन् । सम्मानित नेता झलनाथ खनाल विदेश विभाग र स्कुल विभाग प्रमुखमा प्रमेश हमालले पाउने भएका छन् ।
उपाध्यक्ष जगन्नाथ खतिवडा सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई अनेमसंघ इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशी सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेस प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइन लागिएको छ ।
विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीले पाउने भएकी छन् । कोशीमा जगन्नाथ खतिवडा,मधेशमा धर्मनाथ साह,वागमतीमा डा।गंगालाल तुलाधर,गण्डकीमा श्रीनाथ बराल,लुम्बिनीमा सोम प्रसाद पाण्डे, कर्णालीमा चन्द्रवहादुर शाही र सुदूरपश्चिममा भानुभक्त जोशीलाई इनचार्ज बनाईने भएको छ ।