Logo

प्रधानमन्त्री ओली कांग्रेसको घेराबाट बाहिर निस्किन सक्नुहुन्नः मिनेन्द्र रिजाल



काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसले लगाइदिएको घेराबाट बाहिर निस्कन नसक्ने टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले केन्द्रदेखि वडासम्म कांग्रेस सत्तामा रहेको र प्रधानमन्त्री ओली कुनै पनि काम गर्न एक्लै स्वतन्त्र नरहेको बताएका हुन् ।

‘कांग्रेस केन्द्रको सत्तामा मज्जाले छ । सत्ताको सबैभन्दा ठूलो पार्टी हो । जतिसुकै, जेसुकै भनेपनि प्रधानमन्त्री ओलीले कांग्रेसले भनेको परिधि र सीमाभन्दा बाहिर नाघेर निस्किन सक्नुहुन्न । प्रदेशका सातवटै सरकारमा हाम्रो सहभागिता र नेतृत्व छ । स्थानीय तहमा पनि सबैभन्दा धेरै पालिका र वडा हामीले जितेका छौं । सरकारमा जहाँसुकै कांग्रेस मज्जाले देखिन्छ । कांग्रेस सत्तामा छ, कांग्रेसको पहिलो सोच कसरी जनताको लागि काम गर्ने ? हुनुपर्छ,’– उनले भने ।

नेता रिजालले जनतामा आशा, भरोसा जगाउन सकेको खण्डमा कांग्रेस र एमाले मिलेर सत्तालाई कसैले हल्लाउन नसक्नेमात्रै बनाएर टिक्न नसकिने बताए । उनले गत २०७९ को निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसलाई घाटा भएको बताए । साथै, उनले कांग्रेसमा संसदीय दलको नेता परिवर्तन र सरकार परिवर्तनका आफूले तत्काल कुनै सम्भावना नरहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्