काठमाडौं, ३ पुस । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको १०औं महाधिवेशनको ६ महिनापछि नेताहरुको जिम्मेवारी तोकेको छ । गत मंसिर २६ गतेदेखि सुरु भएर पुस २ गतेसम्म चलेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।
जिम्मेवारी बाँडफाँडअन्तर्गत सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मेवारी पाएका छन् । त्यस्तै, वरिष्ठ नेता बेदुराम भुसालले संगठन विभाग, महासचिव घनश्याम भुसालले अनुगमन तथा मूल्याङ्कन विभाग र प्रमेश हमालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, बैठकले सात प्रदेशको इन्चार्ज पनि तोकेको छ । कोशीमा राजेन्द्र राई, मधेसमा धर्मनाथप्रसाद साह, बागमतीमा गङ्गालाल तुलाधर, लुम्बिनीमा मेटमणि चौधरी गण्डकीमा श्रीनाथ बराल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा भानुभक्त जोशी प्रदेश इन्चार्ज बनेका छन् ।
जस्तो छ जिम्मेवारी बाँडफाँड
- स्कुल विभाग प्रमुखः झलनाथ खनाल
- संगठन विभाग प्रमुखः बेदुराम भुसाल
- अनुगमन तथा मूल्याङ्कन विभागः घनश्याम भूसाल
- विदेश विभागः प्रमेश हमाल
- राजकीय मामिला विभागः घनेन्द्र बस्नेत
- मोर्चा फाँटः राजेन्द्र पाण्डे
- सङ्घीय तथा प्रादेशिक मामिलाः जगन्नाथ खतिवडा
- प्रचार विभाग प्रमुखः प्रकाश ज्वाला
- अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्जः जयन्ती राई
- कोशी प्रदेश इन्चार्जः राजेन्द्र राई
- मधेस प्रदेश इञ्चार्जः धर्मनाथप्रसाद साह
- बागमती प्रदेश इन्चार्जः गङ्गालाल तुलाधर
- लुम्बिनी इञ्चार्जः मेटमणि चौधरी
- गण्डकी इन्चार्जः श्रीनाथ बराल
- कर्णाली इन्चार्जः चन्द्रबहादुर शाही
- सुदूरपश्चिम प्रदेश इन्चार्जः भानुभक्त जोशी
- विद्यार्थी विभाग इन्चार्जः रामकुमारी झाँक्री
- युवा विभाग इन्चार्जः लक्ष्मण केसी
- कार्यालय सचिवः रामकुमार भट्टराई
- संसदीय इन्चार्जः गरिमा शाह