Logo

शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकिएको छः मन्त्री भट्टराई



काठमाडौँ, ३ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताएकी हुन् ।

‘३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो । हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौं,’– उनले भनिन् ।

साथै उनले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताईन् । बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको पनि उनले जानकारी गराईन् ।



प्रतिक्रिया दिनुहोस्