काठमाडौं । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि टिक टिप्पणी सुरु भएको छ ।
रवि हिरासतमा सुतेको तस्बिर रास्वपाकै समर्थक निकोलस भुसालले बाहिर ल्याएको खुलासा भएको छ । उनले आज सामाजिक सञ्जालमार्फत आफूले नै सो तस्बिर खिचेको दाबी गरेका छन् । उक्त तस्बिर बाहिरिएपछि सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सोसल मिडियाको स्टन्ट र प्रपोगण्डावाट राजनीतिमा उदायकाहरु त्यसकै चरम दुरुपयोगवाट विस्थापित हुने वाटोमा अग्रसर देखिएको टिप्पणी गरेका छन् ।
बिहीबार पोख्रेलले सामाजिक सञ्जालमा लेखेका छन् ‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डावाट राजनीतिमा उदायकाहरु त्यसकै चरम दुरुपयोगवाट विस्थापित हुने वाटोमा अग्रसर देखिन्छन् । अति सर्वत्र वर्जयेत्’ ।