Logo

माओवादी नेता किरातीको टिप्पणीः ‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति असन्तुलित’



काठमाडौं, ४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुलित अभिव्यक्ति दिँदै हिँडेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले प्रधानमन्त्रीको स्तरबाट तल झरेर अभिव्यक्ति दिइरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि लगाएको आरोपको खण्डण गर्दै उनले भने, ‘प्रधानमन्त्री त यो प्रधानमन्त्री भइसकेपछि मलाई सन्तुलित लाग्दैन । उहाँ असन्तुलित ढंगले अभिव्यक्ति दिइराख्नुभएको छ । प्रधानमन्त्रीको स्तरबाट त्यो शोभनीय छैन ।’

साथै, उनले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताए । उनले प्रधानमन्त्री ओलीले दायाँबायाँ भ्रष्टाचारी राखेर बसेको उनको टिप्पणी छ । पूर्वमन्त्री किरातीले प्रधानमन्त्री ओलीको क्याविनेटमा दिनदहाडै गुण्डागर्दी शैलीमा राज्यको सम्पत्ति हडप्ने र कालोसूचीमा परेका कम्पनीका मालिक मन्त्री रहेको दाबी गरे । ‘भ्रष्टाचारीहरुसँगै सल्लाह लिनुहुन्छ, भ्रष्टाचारीहरुलाई नै दायाँबायाँ राखेर मन्त्रिपरिषद्को बैठक बसाउनुहुन्छ । भ्रष्टाचारीहरुले नै मन्त्रालय चलाएको छ,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्