Logo

सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई सुरुआतमै दुई झड्का, ९ रन जोड्दा दुवै ओपनर आउट



काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले दिएको ११९ रनको सामान्य लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले दुवै ओपनर गुमाएको छ।

जनकपुरका ओपनर शुभ कंसकार ३ रन जोडेर आउट भएका छन् । उनलाई बिपिन शर्माको दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले क्याच आउट गरे।

तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले आशिफ शेखलाई पनि आउट गरे। आसिफले ६ बलमा ४ रन मात्रै बनाए।

ताजा अवस्थामा जनकपुरले ४ ओभरको समाप्तीमा २ विकेट गुमाएर १६ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्