Logo

माओवादीले माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा, कोशी प्रदेश सभा बैठक तत्काल बोलाउन माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कोशी प्रदेशले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ । बिहीबार माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर आङबोले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै पोखरेलको राजीनामा मागेका हुन् ।

‘लेखा समिति सभापतिको पत्नी भएकै कारण उनी अनुसन्धानको दायरामा नआएकी हुन्, शक्तिको चलखेल भएर प्रहरीले नियन्त्रणमा लिएको छैन’, आङ्बोले भने, ‘त्यसैले सभापति पोखरेलले लेखा समितिबाट राजीनामा दिएर पत्नी अन्जलालाई अनुसन्धानको दायरामा ल्याउने बाटो खोल्नुपर्छ।’

मोरङ २ बाट निर्वाचित एमाले सांसदसमेत रहेका पोखरेल सहकारी ठगी प्रकरणमा जोडिएका छन् । मोरङमा रहेको उमा गौरि सहकारी संस्थामा पोखरेलकी पत्नी अञ्जला कोइराला सञ्चालको रुपमा थिईन् । सहकारी संकटमा परेपछि उनले राजीनामा दिएकी थिईन् । अञ्जलाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तर, हार फरार सूचीमा छिन् ।

लेखा समिति सभापतिको राजीनामा मागेको माओवादीले कोशी प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरेको छ । दशैं अघिदेखि प्रदेश सभाको अधिवेशन अन्त्य भएको थियो । अधिवेशन अन्त्य भएको ४ महिना हुन लाग्दासमेत प्रदेश अधिवशन हालसम्म आह्वान भएको छैन् ।

‘अहिलेसम्म सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन कुनै विजनेस तयार पारेको छैन’, आङ्बोले भने, ‘सरकारले सदनलाई बिजनेस दिएर प्रदेश सभाको अधिवेशन बोलाउनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्