Logo

लोडसेडिङ हुँदा खुसी मनाउने जमात पनि रहेछः कुलमान घिसिङ



काठमाडौं, ५ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा रमाउने ठूलो जमात रहेछ भन्ने पुष्टि भएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत प्राधिकरण घाटामा जाँदा खुसी हुने जमात रहेको पुष्टि भएको बताएका हुन् ।

‘नेपालमा लोडसेडिङ हुँदा खुसी मनाउने एउटा जमात रहेछ भन्ने उद्धाहरण केही दिनबाट मैले हेरिरहेको छु । विद्युत प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने, घाटा भयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ,’– उनले भने ।

विगतमा २०/२२ घण्टा जनतालाई लोडसेडिङमा पारेर उद्योगहरुले प्रयोग गरेको विद्युतको महशुलसमेत नतिरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । अहिले प्राविधिक कारणले दुई÷चार दिन समस्या आउँदा तिनै जमातले लोडसेडिङ घोषणा भएको हल्ला गरिएको उनले बताए । एमडी घिसिङले नेपालमा लोडसेडिङ नभएको र नहुने पनि बताए । ‘नेपालमा लोडसेडिङ हुँदैन, भएको छैन । अहिलेको केही समयको प्राविधिक समस्या हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्