Logo

सूर्यदर्शन सहकारी ठगी प्रकरणः रवि र छविविरुद्ध आजपनि मुद्दा दायर नहुने



काठमाडौं, ५ पुस । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परी प्रहरी हिरासतमा रहेका गोर्खा मिडिया प्रा.लि. का तत्कालीन एमडी रवि लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध आज पनि मुद्दा दायर नहुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रवि र छविबाहेक १९ जनाविरुद्ध आज जिल्ला अदालतमा मुद्दा लगेको हो । रवि र छविविरुद्ध भने आगामी आइतबार मुद्दा दायर गरिने बताइएको छ । आज दर्ता गराइएको पुरक अभियोगमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राईसहितलाई प्रतिवादी बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्