Logo

काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस



काठमाडौं, ५ पुस । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस गरेको छ । काठमाडौं महानगरपालिकाको आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको पाइएपछि उनलाई कारबाहीको लागि सिफारिस गरिएको महानगरले जनाएको छ । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यू–टावरको नक्सा पास प्रक्रियामा उनको अस्वभविक चलखेल देखिएको महानगरले बताएको छ ।

‘सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन । भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिन्छ । यस विषयमा थप छानविन गरी नियमविपरीत कार्य गर्ने जो कसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गरिन्छ,’– महानगरका प्रवक्ता नविन मानन्धरले भने ।



प्रतिक्रिया दिनुहोस्