Logo

परिणाम जस्तोसुकै आएपनि आगामी निर्वाचन कांग्रेसले एक्लै लड्छः महामन्त्री थापा



काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान संशोधनका लागि संयन्त्र बनाएर केही दिनभित्रै काम सुरु गरिने बताएका छन् । आज (आइतबार) काठमाडौं महानगरपालिका वडा नं. ३० मा सञ्चालित पार्टीको सयदिने अभियान समापन समारोहलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी दुई ठूला दल कांग्रेस–एमालेबीच संविधान संशोधनका लागि केही दिनभित्रै संयन्त्र बन्ने बताएका हुन् ।

उनले सुरुमा संयन्त्रले कांग्रेस–एमालेबीच समझदारी बनाउने र त्यसपछि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर सहमतिअनुसार नै संविधान संशोधनको काम अगाडि बढाइने बताए ।

‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । केही दिनभित्रमा कांग्रेस र एमालेले एउटा संयन्त्र बनाउँछ
। कांग्रेस र एमालेले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं । त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं,’– महामन्त्री थापाले भने ।

वर्तमान संविधान कांग्रेस–एमालेले चाहेर मात्रै संशोधन नहुने बताउँदै उनले त्यसका लागि माओवादी र मधेसका अन्य दलहरुसँग पनि संवाद गरिने बताए ।

महामन्त्री थापाले अहिलेको समझदारीअनुसार त्यो सरकार बदलिँदै गर्दा ०८४ सम्ममा प्रधानमन्त्री एक पटक बद्लिने बताए । परिणाम जस्तोसुकै आएपनि आगामी ०८४ को निर्वाचनमा कांग्रेसले देशभरीका १६५ निर्वाचन क्षेत्र, प्रदेशमा ३३० स्थान, सबै नगरपालिका र वडामा एक्लै चुनाव लड्ने उनले भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्