काठमाडौं । डेनमार्कका लागि नेपालको राजदूतमा सुम्निमा तुलाधर नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार तुलाधरलाई डेनमार्कको राजदूतमा नियुक्त गरेका हुन् ।
पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम तुलाधरलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रिपतिको कार्यलय शीतल निवसले जनाएको छ ।