काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लगाइएका तीनवटै आरोप जघन्य प्रकृतिको रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।
उनले उक्त प्रकरणमा जीबी राईलाई फरार बनाएर चलाखी गर्न खोजीको उनको आरोप छ । ‘यस्ता जघन्य अपराधको आरोप उहाँलाई लाग्यो । मुद्दा अदालतमा विचाराधीन छ, यसमा हामीले अदालतलाई नै कुर्नुपर्ने हुन्छ,’– उनले भने ।
साथै, लामिछाने थुनामा रहुन्जेल उनको सांसद पद निलम्बन हुने अधिवक्ता बिडारीको भनाइ छ । लामिछाने भोलि दोषी ठहर भएको खण्डमा सांसद पद नै जाने बिडारीले बताए । ‘उहाँ पुर्पक्षका लागि थुनामा जानुभयो भने थुनामा रहेको अवधिभर उहाँको सांसद पद निलम्बन हुन्छ । उहाँ भोलि दोषी ठहर भए सांसद पद जान्छ, निर्दोष ठहर हुनुभयो भने निलम्बन फुकुवा हुन्छ,’– उनले भने ।