Logo

रवि लामिछाने लेभलका मान्छे प्रधानमन्त्री होईन, सांसद पनि बन्न हुँदैनः सुरेन्द्र केसी (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले रवि लामिछाने लेभलका मान्छेहरु सांसदसमेत बन्न नहुने टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । आफूले लामिछाने प्रधानमन्त्री बन्नुपर्ने भनी कहिले पनि समर्थन नगरेको बताउँदै उनले भने, ‘रवि लामिछाने लेभलका मान्छे त सांसद पनि हुन हुँदैन भन्ने मान्छे हो म । ल्याकत चाहिँदैन ? चुनाव हारेका लठुवाहरु जाने ठाउँ हो राष्ट्रिय सभा भनेको ? नेताको स्वास्नी राष्ट्रपति हुने हो ? त्यो हो लोकतन्त्र ? जहाँ म त्यो भनेर आइरहेको छु, अब म रवि लामिछानेको वकालत गर्छु भन्ने भ्रम तपाईँलाई कसरी आइपुग्यो ?’

साथै, लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको दाबी गरे । लामिछाने आफैंमा गलत मान्छे भएपनि सरकारको पछिल्ला गतिविधि भने प्रतिशोधपूर्ण रहेको उनको भनाइ छ । ‘रवि लामिछाने आफैं लगत मान्छे हुन् । तर, यो प्रकरण चाहीँ प्रतिशोधपूर्ण छ,’– डा.केसीले भने ।

लामिछानेले संर्कीण स्वार्थका लागि नेपालको नागरिकता त्यागेको, नेपाल फर्किएपछि नागरिकता पुनर्पाप्तिको लागि समयमै प्रक्रिया चालु नगरेको, दोहोरो राहदानी प्रयोग गरेकोलगायतका प्रश्न उठाउँदै डा।केसीले उनी गलत नै रहेको बताए । लामिछानेलाई जस्तैगरी वर्तमान सरकारले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई अनुसन्धानको दायरामा नलाएको उनले बताए ।

एकै प्रकारको कसुरमा उनीहरुलाई उन्मुक्ति दिएर लामिछानेलाई भने वर्तमान सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको उनको भनाइ छ । ‘ऋषिकेशको श्रीमती, धनराज गुरुङ र रवि लामिछानेलाई एउटै डालोमा हालेर कारबाही गरेको भएदेखि बोल्ने ठाउँ हुने थिएन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्