काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा.बुद्धिमान श्रेष्ठलाई निजी निवासमै पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
आइतबार पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा गोरखाका श्रेष्ठलाई नियुक्त गरेका थिए ।
यसअघि सो पदमा डा सुरेश आचार्य नियुक्त भएका थिए । उनी राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नियुक्त् भएपछि सो पद रिक्त थियो ।