काठमाडौं । गत भदौ ९ गतेदेखि स्थगित भएको संसद्को सार्वजनिक लेखा समितिको बैठक ४ महिनापछि बसेको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसिरहेको छ ।
४ महिनापछि बसेको बैठकमा नेकपा माओवादी केन्द्रका सासंदले समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पोखरेलको राजीनामा मागेका हुन् ।
‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ,’ सांसद मोदीले भने, ‘तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छाया यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’
सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दलले लिने व्यवस्था रहेको छ । तर, पोखरेल एमालेका सांसद हुन् । यसअघि सत्तारुढ दलकै सांसद समिति सभापति भएको नजर देखाउँदै एमालेले लेखा समिति छाड्न मानेको छैन् । Photo By: Mukunda Kalikote