Logo

सत्तारुढ दल जनमतद्वारा टायर बालेर प्रदर्शन, एक घण्टा सडक बन्द



काठमाडौं, ८ पुस । सत्तारुढ दल जनमत पार्टीले सप्तरीमा टायर बालेर प्रर्दशन गरेको छ । आज (सोमबार) जनमत पार्टीले सप्तरीमा प्रर्दशन गर्दै एक घण्टा सडक बन्दसमेत गराएको थियो । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलका क्रममा जनकपुर बोल्टसका समर्थकहरूमाथि केही अराजक व्यक्ति र समूहले अपमानजनक तथा विभेदकारी व्यवहार गरेको भन्दै जनमत पार्टीले आपत्ति जनाउँदै आएको छ । सोही घटनाको विरोधमा जनमतका समर्थकहरुले आज सप्तरीको सडकमा टायर बालेर लाठीसहित प्रदर्शन गरेका हुन् ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो । त्यसक्रममा केही व्यक्तिले साम्प्रदायिक सद्भाव बिग्रिने गरी अपमानजनक शब्दको प्रयोग गरेका थिए ।

सो घटनामा संलग्न रहेको अरोापमा प्रहरीले डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउदलाई पक्राउ गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनमतको समर्थन रहेको छ । कांग्रेस–एमाले दुवै दलको समर्थनमा मधेशमा जनमतकै नेतृत्वमा प्रदेश सरकार छ ।



प्रतिक्रिया दिनुहोस्