Logo

सांसदले राजीनामा मागेपछि सभापति पोखरेलले भने: म सबै परीक्षामा सामेल हुन तयार छु



काठमाडौं । झण्डै ४ महिनापछि बसेको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा नै सांसदहरुले राजीनामा मागेपछि सभापति ऋषिकेश पोखरेल रक्षात्मक बनेका छन् । सोमबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पोखरेलको राजीनामा मागेका थिए ।

माओवादी सांसदले राजीनामा मागेपछि पोखरेलले आफू नेपालको कानूनको पूर्ण पालना गर्ने व्यक्ति भएको भन्दै सबै परिक्षामा सामेल हुन तयार रहेको बताएका छन् । ‘यहाँ बैठकमा केही विषयवस्तुहरू व्यक्तिगत रूपमा यहाँ उठेका छन् । म सबै परीक्षामा संलग्न हुन तयार छु,’ उनले भने, ‘नेपालको कानुन, संविधानसँग विश्वास गर्ने व्यक्ति हो’ ।



प्रतिक्रिया दिनुहोस्