Logo

भुटानी शरणार्थी प्रकरणमा बादललाई उन्मुक्ति दिइएको डा.केसीको आरोप, टोपबहादुर विचौलियामात्रै रहेको दाबी



काठमाडौं, ८ पुस । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई प्रतिशोध राखेर फसाइएको टिप्पणी गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिइएको उनको दाबी छ । डा.केसीले विचौलियाको भूमिका मात्रै निर्वाह गरेका टोपबहादुरलाई भने प्रतिशोधपूर्ण व्यवहार गरी फसाइएको जिकिर गरे । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कांग्रेस नेता बालकृष्ण खाँण नै रहेको दाबी गरे ।

‘टोपबहादुर भनेको त विचौलिया हो । निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ हो । तत्कालीन गृहमन्त्री भनेको बालकृष्ण खाँण हो । कसरी टोबहादुर रायमाझी जेलमा कोचियो ? पुरै प्रतिशोधपूर्ण भन्ने देखियो । उ त विचौलियामात्रै हो,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

साथै, टेकनाथ रिजालले बयानमा ‘म टोपबहादुरकोमा गएँ । टोपबहादुरले मलाई प्रचण्डकोमा पुर्याउनुभयो । प्रचण्डले म भ्याउँदिन सबै काम उहाँले गर्नुहुन्छ भन्नुभयो’ भनेको उनको दाबी छ । विश्लेषक केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुष्पकमल दाहालदेखि केपी शर्मा ओलीसम्मका व्यक्तिहरु शंकाको घेरामा रहेको बताए । ओली प्रधानमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अढाइ करोड पैसा बालुवाटार पुगेको उनको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्