Logo

रौतहटको खाप छोटी भन्सार नाका खुलाउन माग गर्दै प्रदर्शन



काठमाडौं, ९ पुस । रौतहटको ईशनाथ नगरपालिका र परोहा नगरपालिकाका स्थानीयहरुले खाप छोटी भन्सार नाका खुलाउन माग गर्दै प्रदर्शन र धर्ना सुरु गरेका छन् । स्थानीयहरुले संघर्ष समिति नै बनाएर संघर्ष थालेका हुन् ।

वि.सं. २००७ सालमा सुचारु भएको उक्त भन्सार द्वन्द्वकालमा बन्द गरिएको थियो । नेपाल–भारत सीमानाका जनताबीच रोटीबेटीको सम्बन्ध रहेको र सो नाका खुला नहुँदा आवतजावतमा समस्या देखिएको स्थानीयहरु बताउँछन् । अहिले सो नाका बन्द हुँदा ४० किलो मिटर टाढाबाट आवतजावत गर्नुपर्ने अवस्था रहेको छ ।

संघर्ष समितिले जिल्लाको गौर भन्सारमा धारना दिएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय रौतहटमा पनि ज्ञापन पत्र बुझाइएको छ ।



प्रतिक्रिया दिनुहोस्