काठमाडौं, ९ पुस । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.को संयोजकत्वमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. रुपन्देही जिल्लाको महजिदिया शाखाअन्र्गतका ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०८१ पौष ८ गतेदेखि ‘उन्नत बेमौसमी तरकारी खेती तालिम’ सञ्चालन भएको छ । तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी सांस्कृतिक न.पा.१० उपमेयर कल्पना हरिजन र विशष्ट अतिथी निर्धन सस्थाका उपाध्यक्ष जनार्दन देव पन्तले गरेका थिए । सो तालिम भोलि (पुस १० गते) सम्म चल्ने छ ।
प्रमुख अतिथी कल्पना हरिजनले आफू पनि निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको महजिदिया शाखाको ग्राहक सदस्य रहेको बताईन् । कार्यक्रममा उनले यस संस्थाको मुख्य उद्देश्य समुदायमा गरीबीको रेखामुनि रहेका व्यक्तिहरुको आर्थिक अवस्था सुधार्नु रहेको बताईन् ।
संस्थाले ग्राहकको आवश्यकताअनुसार तालिम तथा विनाधितो ऋण प्रदान गरी व्यवसायी बन्न उत्प्रेरित गर्दै आएको छ । उनले यस क्षेत्र तरकारी खेतीको लागि उपयुक्त क्षेत्र भएकोले यहाँका किसानहरुले मौसमी तरकारी खेती गर्दै आएकोमा उन्नत बैमौसमी तरकारी खेती गर्नका लागि सीप प्रदान गरी उत्प्रेरित गर्ने उद्देश्यले संस्थाले ३ दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम प्रदान गर्न लागेकोमा संस्थाप्रति आभार ब्यक्त गरिन् ।
उनले तालिममा सहभागी सदस्यहरुलाई संस्थाद्धारा प्रदान गर्न लागेको उन्नत बेमौसमी तरकारी खेती सम्बन्धी तालिम लिई सिप बढाएर उत्पादक क्षेत्रमा लगानी गरी आफ्नो ब्यवसाय बृद्धि गर्दै आर्थिक अवस्था माथि उकास्नुका साथै आफ्नो जिविकोपार्जनमा समेत सुधार गरी सक्षम हुन सल्लाह दिईन् ।
त्यसैगरी, कार्यक्रमका विशष्ट अतिथी जनार्दन देव पन्तले आज शुरु गरेको सानो स्तरको व्यवसाय भोली बृहत स्तरको रोजगारीको सिर्जना गर्न सक्ने उद्योग बन्न सक्ने बताए ।
सहभागीहरुको तर्फबाट संगीता थारुले कार्यक्रमको सभापतित्व गरेकी थिईन् । तालिमको उद्घाटन समारोहमा निर्धन उत्थान ल.वि.सं.लि.को महजिदिया शाखाका शाखा प्रमुख राम किशोर चौधरीले स्वागत मन्तव्य राखेका थिए । निर्धन उत्थानका क्षेत्रीय प्रबन्धक आनन्द कुमार गौतमले पनि कार्यक्रममा मन्तव्य राखेका थिए । तालिममा प्रशिक्षकका रुपमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कृषि शाखा अधिकृत महेन्द्र यादव र कृषि विशेषज्ञ हिक्मत खत्रीद्धारा ३ दिनसम्म प्रशिक्षण दिनेछ । आयोजकका तर्फबाट निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिषरत्न कोनाजोले तालिममा सहजीकरण गर्नेछन् ।