Logo

अनेरास्ववियू (क्रान्तिकारी) को निर्वाचन कार्यतालिका सार्वजनिक, उमेरहद विवाद पुस १३ गते टुङ्गिने



काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आगामी पुस १७ गते निर्वाचन हुने भएको छ ।

अखिल क्रान्तिकारीको नेतृत्व चयनअघि उमेर हद टुङ्ग्याउने कार्यतालिका रहेको छ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद राख्ने वा नराख्ने भन्ने निर्णय लिन पुस १३ गते निर्वाचन हुने भएको छ । उमेर हदबारे निश्कर्षमा पुग्न भूगोल र गैर भूगोग गरी ८६ मतदान केन्द्रबाट तोकिएको छ ।

त्यस्तै, नेतृत्वका लागि पवन कार्की, दीपेश पुन, केशव रावल, मदन भुल, नरेश रेग्मीलगायतका नेताहरु मैदानमा होमिएका छन् । नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरीय मतदान केन्द्र रहने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्