काठमाडौं, १० पुस । नेकपा (एमाले) का नेता वचनबहादुर सिंहले प्रतिनिधिसभाअन्गर्गतको सावैजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ‘चेक एण्ड व्यालेन्स’ का लागि पनि प्रमुख प्रतिपक्षी दलले लेखा समितिको सभापति पाउने बताएका हुन् । तर, विषयगत समितिको सभापतिहरु चयन गर्दै गर्दा यसपटक सहमतिको आधारमा भएको बताउँदै उनले माओवादीले पनि पद छाड्न तयार हुनुपर्ने उनको भनाइ छ ।
नेता सिंहले ऋषिकेशले अहिलेकै अवस्थामा राजीनामा नदिने बताए । उनले ऋषिकेश पोखरेलले लेखा समितिको सभापतिबाट राजीनामा दिँदै गर्दा सबै विषयगत समितिको निर्वाचन भएर नेतृत्व चयन हुनुपर्ने बताए । ‘प्रमुख प्रतिपक्षी दलले चेक एण्ड व्यालेन्सको निम्ति लेखा समितिको सभापति पाउँछ । यदि प्रमुख प्रतिपक्षी दललाई सभापति दिने हो भने संसद्मा अहिले रहेका सबै विषयगत सभापतिहरुको पनि पुनर्निर्वाचन गरौं । त्यसमा कुनै डाउट छैन, दिउँ, तर अरुमा माओवादी तयार हो ?’ प्रश्न गर्दै उनले भने ।
सहकारी ठगी प्रकरणमा ७५ प्रतिशत एमालेका नेताहरुको संलग्नता रहेको भन्ने आरोपमा उनले कोही एमालेका नेताहरु ठगीमा संलग्न भए सरकारले सबैभन्दा पहिला उसलाई हत्कडी लगाउनुपर्ने बताए । एमाले उद्यमशीलता र आत्मनिरभरतामा विश्वास गर्ने पार्टी रहेको बताउँदै उनलले सहकारीमा संलग्नता भने एमालेका नेता तथा कार्यकर्ताको रहेको उनको भनाइ छ ।