Logo

छिमेकीलाई मनपरी गाली गर्ने र घुँडा टेकेर गड्गडाउने दुवै कुरा गलत छ, आई टु आई कुरा गर्नुपर्छ भन्ने पक्षमा छौँ: वरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमेकीलाई मनपरी गाली गर्ने र घुँडा टेकेर गड्गडाउने दुवै काम गलत भएको बताएका छन् ।

बुधबार प्रेस युनियन र प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रलाई सम्बोधन गर्दै पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेलले छिमेकीसँग तथ्य र प्रमाणको आधारमा आई टु आई कुरा गर्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको प्रष्ट पारेका छन् ।

पोखरेलले भने छिमेकीलाई मनपरी गाली गर्ने स्कुलिङ छ कि धोडा टेकेको अभ्यास छ। हामी दुवै कुराको विपक्षमा छौं। हामी दुवै कुरालाई गलत भन्छौं। हामी छिमेकीसँग आई टु आई कुरा गर्नुपर्छ तथ्य र प्रमाणको आधारमा प्रस्तुत हुनुपर्छ भन्ने पक्षमा छौं।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले प्रेस स्वतन्त्रतालाई सदैव सम्मान गर्ने बताए । उनले पार्टीको सुभेच्छुक संस्थानै भएपनि प्रेस युनियनलाई कांग्रेसको पक्षमा मात्र लेख्न दवाव नदिएको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्