काठमाडौं । बिहान ११ बजेका लागि बोलाईएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु हुन ढिलाई भएको छ ।
पार्टी मूख्यालय च्यासलमा ११ बजेका लागि बैठक डाकिएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्थताका कारण बैठक सुरु हुन ढिलाई भएको हो । बैठक २ बजेसम्म सुरु हुने एक नेताले जानकारी दिए ।