काठमाडौं । बिहान ११ बजेका लागि बोलाईएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक २ घण्टा ढिलोगरी सुरु भएको छ । पार्टी मूख्यालय च्यासलमा ११ बजेका लागि बैठक डाकिएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्थताका कारण बैठक सुरु हुन ढिलाई भएको हो ।
एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । आजको बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने छ ।
त्यस्तै, बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा साथै पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने छ । बैठकमा समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची रहेको छ।