Logo

लिपुलेकको सन्दर्भमा भारत र चीनको सहमतिले नेपाललाई केही फरक नपर्ने सरकारको निश्कर्ष



काठमाडौं, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भारत र चीनबीचको सहमतिले नेपाललाई केहीपनि फरक नपर्ने बताएका छन् । मन्त्री गुरुङले लिपुलेकको सन्दर्भमा दुई छिमेकी देशबीच भएको सहमति नेपाललाई प्रभाव पार्ने खालको नभएको बताए ।

गत पुस ३ मा चीनको राजधानी बेइजिङमा भारतीय र चिनियाँ विशेष प्रतिनिधिहरुको बैठक बसेर तिब्बतस्थित कैलाश–मानसरोवर तीर्थयात्रा खुलाउने सहमति गरेको थियो । नेपालले दाबी गरिरहेको लिपुलेक क्षेत्रबाट मानसरोवर यात्रा खुलाउने सहमति हुँदा नेपाल पक्षभने सहभागी थिएन । सो विषयमा अनेकन टिकाटिप्पणी सुरु भइरहेको बेलामा सरकारले यस्तो धारणा सार्वजनिक गरेको हो ।

लिपुलेकको सन्दर्भमा भारत र चीनबीच भएको सहमतिका बारेमा क्याविनेटमा समेत छलफल चलेको उनले बताए । क्याविनेटले उक्त सहमतिबाट नेपालले चिन्ता लिनुनपर्ने निश्कर्ष निकालेको उनले सुनाए । ‘क्याबिनेटमा पनि लामो छलफल भयो। तर, निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढंगले सम्झौता भएको होईन,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्