Logo

कांग्रेसका सबै मन्त्रीहरुले कम्मर कसेर काम गरिरहनु भएको छ, उर्जामन्त्री खड्काको काम ऐतिहासिक छः सन्तोष चालिसे



काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले वर्तमान सरकारमा कांग्रेसबाट सहभागी भएका मन्त्रीहरुले कम्मर कसेर काम गरिरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले विहानदेखि बेलुकासम्म काम गरिरहेको बताएका हुन् । उनले गृहमन्त्री रमेश लेखकलाई योग्यता भएको र काम गर्न सक्ने व्यक्तिको रुपमा चित्रण गरे ।

त्यस्तै, उर्जामन्त्री दीपक खड्काले ऐतिहासिक काम गरेको उनको दाबी छ । नागरिकहरुले पनि हाइड्रोमा लगानी गर्नसक्ने वातावरण उर्जामन्त्रीले बनाएको उनले बताए । त्यस्तै, स्वास्थ्यमन्त्री प्रदीप पौडेले स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन गर्ने कार्यमा लागिपरेको उनको दाबी छ ।

उर्जामन्त्री खड्काले गरिरहेको कामबारे बोल्दै उनले भने, ‘इतिहासमा पहिलो चोटी व्यक्तिहरुले अर्बौं रुपैयाँ लगानी गर्ने भए । अहिलेसम्म खाली विदेशी ऋणबाट हुन्थ्यो । जनता त्यसमा पसेका छन् । धेरै हाइड्रोहरु अहिले निर्माण हुने अवस्थामा छन् । यो क्षेत्रलाई एकदम सेक्यूरिटीको हिसाबले गरेको छ । बंगलादेशमा नयाँ विद्युत व्यापार सम्झौताहरु भएका छन् ।’

अहिले सबै मन्त्रीहरुले अरुले ल्याएको बजेटमा रहेको काम गर्नुपरेको बताउँदै उनले कांग्रेसबाट गएका सबै मन्त्रीहरुले इमादारिता पूर्वक काम गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्