Logo

मोहन वैद्य अस्पताल भर्ना



काठमाडौं । नेपाल कम्यनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्पतान भर्ना भएका छन् । दम बढेपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना भएका हुन् ।

एक वर्षअघि पनि दमबाट पीडित हुँदा उनले त्रिवि अस्पतालमै भर्ना भएर उपचार गराएका थिए।

गएको मंसिर तेस्रो साता सम्पन्न क्रान्तिकारी कम्युस्टि पार्टीको महाधिवेशनले ७८ वर्षीय वैद्यलाई सर्वसम्मत रुपमा महासचिव चयन गरेको थियो।



प्रतिक्रिया दिनुहोस्