Logo

रविलाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएकोमा कांग्रेस सांसदको असन्तुष्टि, यस्तै भए कोही बाँकी नरहने चेतावनी



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाईएकोबारे असन्तुष्टि जनाएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत घुमाउरो ढंगले भण्डारीले आपत्ति जनाएका हुन् ।

सांसद भण्डारीले जिल्ला जिल्लाबाट सम्पत्ति शुद्धीकरणको मुद्धा लगाउने हो भने कोही पनि बाँकी नरहने चेतावनी दिएका छन् । ‘सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ? बुझ्ने कोसिस गर’, शुक्रबार भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौँ कि ! सत्यलाई सत्य थाहा हुन्छ।’

पोखराको सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोपमा हिरासतमा रहेका रास्वपाका सभापति लामिछानेमाथि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोजना दर्ता गरिएको छ । उनको कास्की जिल्ला अदालतमा बयान जारी छ ।



प्रतिक्रिया दिनुहोस्