Logo

असली माओवादी मलाई मान्छन्, प्रचण्डजीलाई होईनः प्रभु साह (भिडिओसहित)



काठमाडौं, १५ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले असली माओवादी आफू रहेको दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कसैले पनि असली माओवादी मान्न नसक्ने बताएका हुन् । उनले प्रचण्डले माओवादीको लाइन छाडिसकेको र रोडमा बेवारिसे अवस्थामा रहेको माओवादीलार्य आफूले अगाडि बढाइरहेको दाबी गरे ।

‘प्रचण्डजी आफैं माओवादी लाइन छोडेर हिँड्नुभयो । माओवादी लाइन बेवारिसे छ । नेपाली जनताको परिवर्तनको लाइन बेवारिसे छ । पुरै रोडमा छ, त्यसलाई कुनै सहारा छैन, सहारा दिन हामी आएका हौं । असली माओवादी प्रभु साहलाई मान्छन्, प्रचण्डजीलाई होईन,’– उनले भने ।

साथै, अध्यक्ष साहले तुलनात्मक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा प्रचण्ड राम्रो लागेर आफूले सरकारमा रहँदा पनि र प्रतिपक्षमा रहँदा पनि साथ दिएको बताए । उनले वर्तमान सत्ता गठबन्धनालाई अनैतिक र अप्राकृतिकको संज्ञा दिए । वर्तमान सत्ता गठबन्धन भत्काउन र सरकार ढाल्न कसैले मेहनत गरिराख्न जरुरी नै नरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्