Logo

सहकारीलाई राम्रो बनाउनुपर्नेमा अप्ठ्यारो पर्नेगरी अध्यादेश ल्याइयोः एमाले नेता तामाङ (भिडिओसहित)



काठमाडौं, १५ पुस । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले सरकारले सहकारीलाई अप्ठ्यारो पर्नेगरी विधेयक ल्याएको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कारोबारको सीमा तोकेर सहकारीलाई संकुचित गर्न नहुने बताएका हुन् ।

‘सहकारीलाई खुम्च्याउने टाइपको, सहकारीलाई अहिले कसरी राम्रो बनाउने भन्ने सवालमा लाग्नुपर्नेमा भएको सहकारीलाई पनि अप्ठ्यारो पर्नेगरी ल्याइएको छ,’– उनले भने ।

सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश प्रमाणीकरण गरिसकेका छन् ।

सरकारले अध्यादेशमार्फत् सहकारीको बचत तथा ऋणको सीमासमेत निर्धारण गरेको छ । अध्यादेश प्रमाणीकरण भएसँगै सहकारीमा कुनैपनि व्यक्तिले अधिकतम् ५० लाखभन्दा बढी रकम जम्मा गर्न पाउने छैनन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्