काठमाडौं । जय ट्रफी पुरुष इलाइट कपको तेस्रो दिन विभागीय टोली नेपाल पुलिसले पहिलो पालीमा मधेशले दिएको १२९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहँदा ओपनर कुशल भुर्तेलले अर्धशतक हिर्काएका छन् । भुर्तेलले ५६ बलमा ७ चौकाको मद्दतमा ५० रन जोडेका हुन् ।
हालै सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एर्भेन्जर्सका कप्तान रहेका भुर्तेल फ्लप सावित भएका थिए । एनपीएललगत्तैको एलिट कपमा भने उनले आशा जगाएका छन् । भुर्तेल नेपाली राष्ट्रिय टिमका ओपनरसमेत हुन् ।
ताजा अवस्थामा पुलिसले १७ ओभरमा बिना कुनै क्षति ८४ रन जोडेको छ । भुर्तेल ५४ तथा दिलिप नाथ २६ रन बनाएर खेलिरहेका छन् । file photo