Logo

मधेशका मुख्यमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न: हाम्रो बुँई चढेर मुख्यमन्त्री बन्ने, अनि गठबन्धनकै साथीहरुलाई लुटेरा र डाका भन्ने ?



काठमाडौं । मधेश प्रदेश सभा बैठकमा सत्तारुढ दलकै सांसदले सरकारको चर्को आलोचना गरेका छन् । बुधबार बसेको प्रदेश सभाको चौथो अधिवेशन अन्तर्गतको दोस्रो बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मो समिमले मुख्यमन्त्री शतिषकुमार सिंहले काम गर्न नसकेको आरोप लगाउँदै काम गर्न नसके ठाउँ खाली गर्न चेतावनी दिएका छन् ।

केही दिन अघि जनमत पार्टीले मधेशमा नेपाली कांग्रेस र एमालेले काम गर्न नदिएको आरोप लगाउँदै ८ बुँदे आक्षेप लगाएको थियो । सो आरोपको खण्ड गर्दै कांग्रेसले मुख्यमन्त्री र जनमत पार्टीमाथि प्रश्न वर्षाएको छ । सांसद समिमले गठबन्धनकै बलमा प्रदेश सरकारको नेततत्व गर्ने र गठबन्धनकै साथीहरुलाई लुटेरा भन्ने काम कदापी नसहने चेतावनी दिए ।

‘नयाँ सरकार बनेको यतिका महिना भइसकेको छ । तर,आजसम्म कुनै पनि विकासको काम हुन सकेको छैन् । यसको जिम्मा कसले लिने हो ? । आज तपाईंले काम गर्न नसक्ने उल्टै अर्थमन्त्रीलाई स्प्रष्टीकरण सोधे्ने ? । यो कसको इसारामा हो ? । व्यक्तिगत रुपमा यस्तो कार्य सैह्य छैन् । तपाईं कसको इसारामा मिडियाबाजी गरेर पत्रपत्रिकामा छ्यापछ्याप्ती स्प्रष्टीकरण सोध्नुहुन्छ ?’ प्रश्न गर्दै उनले थपे ‘यो कदापि सहन सकिँदैन । हामी सहन सक्दैनौं’ ।

सांसद समिमले काम गर्न नसकिए ठाउँ छाड्न मुख्यमन्त्री सतिश कुमार सिंहसँग आग्रह समेत गरे । गठबन्धनकै साथीहरुको बुँई चढेर मुख्यमन्त्री बन्ने र गठबन्धनकै साथीहरुलाई लुटेरा र डाका भन्ने ? । काम गर्न सक्नुहुन्न भने ठाउँ छाडे हुन्छ ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्