काठमाडौं । मलेसियामा अर्को साताबाट सुरु हुने यू-१९ विश्वकप क्रिकेटमा सहभागी हुने नेपाली क्रिकेट टिमको बिदाई गरिएको छ ।
बिहीबार बिहान काठमाडौंको लाजिम्पाटस्थित दुषित प्रिन्ससमा आयोजित कार्यक्रममा खेलाडीहरूको विदाइ गरिएको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले गत शनिबार टी-२० क्रिकेटका लागि १५ सदस्यीय टिम घोषणा गरेको थियो । १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुने प्रतियोगितामा नेपाली टिमको नेतृत्व पूजा महतोले गर्नेछिन् ।
टिममा उपकप्तानको जिम्मेवारी सोनी पार्खिनले पाएकी छिन् । १५ सदस्यीय टिममा महतो, पार्खिन, सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना बिके, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, अनु कडायत र करिश्मा गुरुङ छन् ।
प्रतियोगीतामा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको टिममा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपालले माघ ५ गते पहिलो खेल बंगलादेशसँग खेल्नेछ । दोस्रो खेलमा ७ माघमा स्कटल्याण्डसँग भिड्ने नेपाली टिमले ९ गते अष्ट्रेलियासँग खेल्नेछ ।
१६ वटा देश सहभागी रहेको प्रतियोगीतामा चार टिम बनाईएको छ । समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन् ।