Logo

कांग्रेस-एमाले सरकारको आयु छोटिँदैन, प्रचण्डले ढाल्ने सामर्थ्य राख्दैनन्ः डा. दीक्षित



काठमाडौं, २६ पुस । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले कांग्रेस–एमाले गठबन्धन सरकार नढल्ने ठोकुवा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्ने सामर्थ्य नराख्ने बताएका हुन् ।

साथै, वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी मुलुक चीनले आशिर्वाद दिएर पठाएको र भारतले कुनै वास्ता नगरेको डा.दीक्षितको टिप्पणी छ । उनले भने, ‘यो सरकारको आयु छोटिँदैन । यो सरकार चल्छ । किनभने चाइनाले आर्शिवाद दिएर पठाइसक्यो । भारतले चासो राख्दैन । प्रचण्डको ढाल्ने कुनै सामर्थ्य पनि छैन । उसले ढालेपनि नयाँ बोतलमा पुरानै रक्सी हालेजस्तो हुन्छ । सरकार ढल्दैन ।’



प्रतिक्रिया दिनुहोस्