काठमाडौं, २८ पुस । नेकपा (एमाले) का सचिव एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले सत्ता गठबन्धनमा कुनै खटपट नरहेको दाबी गरेका छन् । आज (आइतबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआएको बताएका हुन् ।
अहिले सरकारमा रहेका दलहरु मिल्दापनि राष्ट्रिय सभामा दुईतिहाइ बहुमत नपुग्ने अवस्थालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ मा हुने अभिव्यक्ति दिएको उनले बताए । उनले यी कुराहरु पार्टीका आन्तरिक राजनीतिमा छलफल भएको बताउँदै यसले सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताए ।
संविधानको संशोधन गर्नुपर्न धाराहरुमा छलफल गर्दै जाने र २०८७ मा संविधान पूर्ण रुपमा संशोधन हुनसक्ने भनी प्रधानमन्त्री ओलीले भनेको नेता भट्टले सुनाए ।