Logo

सरकारले जनताको हितमा अध्यादेश ल्याएको छः मन्त्री अधिकारी (भिडिओसहित)



काठमाडौं, २९ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले जनताको आवस्यकताअनुसार अध्यादेश ल्याएको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् नचलेको बेला अध्यादेश ल्याएर जनताको समस्या हल गर्न खोजिएको बताएका हुन् । उनले सरकारले जनताको हितमा काम गरिरहेको दाबी गरे ।

‘जनतालाई आवस्यक परेका, अप्ठ्यारो परेका कुराहरु सदनबाट फुकाउँछ । सदन नचलेको बेला अध्यादेशबाट गर्छ । त्यो आवस्यकताअनुसार गर्ने कुरा हो । सरकारले अहिले जनताको हितमा अध्यादेश ल्याउने तयारी गरेको हो । त्यो पनि फेरि आवस्यकताअनुसार गर्ने कुरा हो । नगरी नहुने अत्यावस्यक कुरामा प्रक्रिया अगाडि बढाएको हो,’– उनले भने ।

साथै, सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास नगरेको उनको दाबी छ । मन्त्री अधिकारीले विपक्षी दलहरुले विगतका आफ्ना गल्ती ढाकछोप गर्न दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भनेर भ्रम फिँजाएको उनले बताए ।

मन्त्री अधिकारीले यही माघको पहिलो हप्ताभित्र सरकारले संसद् अधिवेशन आह्वान गर्ने बताए । उनले भने, ‘माघको पहिलो हप्ताभित्रमा संसद् आह्वान हुन्छ । सरकार गृहकार्यमा जुटिसकेको छ । सरकार किन भाग्नुपर्यो ? सरकार जनताको हितमा काम गरिरहेको छ । किन तर्सिनु परेको छ ?’



प्रतिक्रिया दिनुहोस्