Logo

कांग्रेसको सहमतिमै सरकारले अध्यादेश ल्याएको होः प्रमुख सचेतक घिमिरे



काठमाडौं, २९ पुस । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले आफूहरुको सहमतिमै सरकारले अध्यादेश ल्याएको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको सहमतिविना अध्यादेश ल्याउने अवस्था नै नरहेको बताए । उनले भने, ‘अध्यादेशमा कांग्रेसको सहमति छ, कांग्रेसको सहमतिबाटै यो ल्याइएको हो । सबैभन्दा ठूलो दलको सहमतिविना प्रधानमन्त्रीले ल्याउने कुरै आउँदैन ।’

साथै, नेता घिमिरेले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश गम्भीर प्रकृतिको रहेको बताए । उनले उक्त अध्यादेश नलाउँदा अहिले कुनै हानी नपुग्ने भएकाले संसद्मै विधेयक पेश गरेर कानुन बनाइने बताए । उनले कांग्रेसले नचाहेकै कारण दल विभाजनसम्बन्धी अध्यादेश नआएको स्वीकार गरे ।

‘राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश चाहीँ यो अत्यन्त गम्भीर प्रकृतिका अध्यादेश हो । तत्कालै नल्याउँदा यसले खास्सै नोक्सान पुर्याउने अवस्था पनि नदेखिएको हुँदा यसलाई संसद्मै बहस, छलफल गराएर ल्याउनुपर्छ भन्ने हिसाबले त्यसलाई थाती राखिएको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्