Logo

प्रधानमन्त्री ओलीको प्रश्नः राम्रो काम राति गर्न हुन्न भन्ने छ र ?



काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी हुन नै बाँकी रहेको अध्यादेश राति–राति जारी गर्यो भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा उनले देश र जनताका पक्षमा आफूहरुले दिन र रात नभनी काम गरेको बताए ।

आफूहरु १०–५ को जागिर खानमात्रै नआएको र देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर दिउँसो, राति नभनी काम गरिरहेको बताए । उनले आफ्नो लुकाएर र छलछाम गरेर काम गर्ने बानी नरहेको पनि बताए । ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र ?’ प्रश्न गर्दै उनले भने ।



प्रतिक्रिया दिनुहोस्