Logo

जनतासँग डराएर केपी ओली सार्वजनिक समारोहहरूमा सहभागी हुन छाडे: प्रभु साह



काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवं अनैतिक तवरले भएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

सरकारले संसद्को बैठक नबोलाएर अध्यादेश मार्फत शासन गर्न थालेकोले दबाब दिन आवश्यक रहेको उनको भनाइ थियो । सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले रोकेको विषयलाई विपक्षी दलले गम्भीर ढङ्गले लिनुपर्ने उनले बताए ।

उनले भने ‘जनताबाट डराए कै कारण यो वर्ष प्रधानमन्त्रीले लोसार, माघे सङ्क्रान्ति जस्ता उत्सवमा तथा सार्वजनिक समारोहमा सहभागी हुन छाडेका छन् । सरकारले विकास भन्दा भ्रष्टाचारमा केन्द्रित छ । सरकार विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लाग्यो । त्यसैले संसद् अधिवेशन बोलाउन हामीले माग गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्