Logo

प्रधानमन्त्री ओलीद्वारा फ्रान्सेली ब्रान्डको मर्क्युर होटेल उद्घाटन



काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली ब्रान्डको पहिलो पाँचतारे होटल ‘मर्क्युर होटेल’ उद्घाटन गरेका छन् । सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा मर्क्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताए ।

होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मर्क्युर होटेल सञ्चालामा आएको हो । ११ तले उक्त होटलमा कूल १०४ वटा कोठाहरु रहेका छन् । उक्त होटलमा ३ अर्बभन्दा बढी लगानी रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्