काठमाडौं । न्याय परिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काविरुद्ध उजुरी आह्वान भएको छ । बिहीबार संसदीय सुनुवाइ समितिले खड्काविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको हो ।
खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।
समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा नियुक्तिका लागि प्रस्तावित दामोदर खड्काको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ हुन न्याय परिषद्बाट समिति समक्ष पुस २९ गते आएको जानकारी गराएकी छन् ।
न्याय परिषद्को सदस्य रहेका रामप्रसाद श्रेष्ठको अवकासपछि नेपाल बार एसोशियसनले खड्कालाई परिषद् सदस्यमा सिफारिस गरेको थियो ।