Logo

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने जुनसुकै पार्टीका मान्छे भएपनि कारबाही हुन्छः गृहमन्त्री लेखक



काठमाडौं, ३ माघ । गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने जोसुकै र जुनसुकै दलका मान्छे भएपनि कारबाही हुने बताएका छन् । आज (बिहीबार) नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुको संयुक्त बैठकमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री लेखकले त्रिपाठीमाथि भएको घटना निन्दनीय र गलत रहेको बताए ।

उनले यस्तो प्रकारको अराजकतामा संलग्न जोसुकैलाई पनि कारबाही गरिने प्रतिवद्धता व्यक्त गरे । ‘जहाँसम्म दिनेश त्रिपाठीमाथि घटना भएको छ, यो अत्यन्त निन्दनीय काम भएको छ । अत्यन्त गलत काम भएको छ । यस्तो अराजकता गर्ने जोसुकैलाई पार्टीका मानिस भएपनि कारबाही हुन्छ,’– गृहमन्त्री लेखकले भने ।

सबै मानिसले आ–आफ्नो व्यवसाय गर्न पाउने बताउँदै गृहमन्त्री लेखकले त्यसमा बाधा ब्यवधान गर्ने, उशृङ्खलता प्रदर्शन गर्ने, अराजकता गर्ने र कानुनविरीत काम गर्ने जोसुकैलाई पनि दण्डित गरिने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्