Logo

राज्य व्यवस्था समितिले गृहमन्त्री लेखकलाई बोलायो, राष्ट्रिय परिचयपत्रबारे छलफल हुने



काठमाडौं । सरकारले सबै सेवाका लागि अनिवार्य रुपमा लागू गर्न लागेको राष्ट्रिय परिचयपत्रबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकलाई संसदीय समितिले बोलाएको छ । शुक्रबार बस्ने राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गर्न लेखकलाई बोलाईएको हो ।

सरकारले २८ जिल्लामा पहिलो चरणमा राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय गरेको थियो । सो निर्णयप्रति सर्वसाधरणले विरोध जनाएपछि सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चको अन्तरिम आदेशप्रति सरकार भ्याकेटमा गएको छ । सो विवाद अब सर्वोच्चको पूर्ण इजलासमा छलफल हुनेछ । राष्ट्र बैंकले पनि राष्ट्रिय परिचयपत्रका आधारमा बैंक खाता खोल्न निर्देशन दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्