काठमाडौं, ३ माघ । ज्योतिषाचार्य गणेशप्रसाद पन्तले बैतडीको पाटन नगरपालिका–३ मा रहेको वनारशी धाम प्रचार प्रसारको अभावले पछाडि परेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ऐतिहासिक महत्व बोकेको उक्त धामको संरक्षण र प्रचार प्रसार हुन नसकेको बताएका हुन् ।
पन्तका अनुसार उक्त तीर्थमा दलित समुदाय र ब्राह्मण समुदाय संगै पुजाआज गर्ने चलन रहिआएको छ । ‘मन्दिर अहिले एकदमै जिर्ण अवस्थामा रहेकाछ । नदीको किनारमा छ । प्रचारप्रसारको अभाव भइरहेको छ । सम्बन्धित निकायको ध्यान गइरहेको छैन,’– उनले भने ।
उक्त मन्दिरको महिमा वेद, पुरान र हिन्दु धर्मशास्त्रहरुमा रहिआएको उनले सुनाए ।