Logo

उच्च अदालतले सरकारलाई सोध्यो: आशिका तामाङलाई किन थुनेको ?



काठमाडौं । भाइरल सामाजिक अभियन्ताको छवि बनाएकी आशिका तामाङलाई पक्रकउ गरिएकोबारे दायर भएको बन्दीप्रत्यक्षीकरण निवेदनमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश श्यामकुमार भट्टराईले सो मुद्दामा सुनुवाइ गर्दै कारण माग गरेको हो ।

उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएपछि बन्दी प्रत्यक्षिकरणको निवेदन लिएर अदालत पुगेकी हुन् ।

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी मंगलबार पक्राउ परेकी थिईन् ।

गत पुस २५ गते तामाङ केही युवालाई लिएर पशुपति मन्दिरपरिसरमा पुगी पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारी तथा सुरक्षार्थ खटिएका प्रहरीमाथि अपशब्द प्रयोग गरी अभद्र रूपमा प्रस्तुत भएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्