Logo

गृहजिल्लामै कुटिए कोशीका पूर्वमुख्यमन्त्री थापा, कांग्रेसद्वारा घोर निन्दा



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापा झापाको सुरुङ्गामा कुटिएका छन्। नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर निजी निवास फर्किने क्रममा पूर्व मुख्यमन्त्री समेत रहेका उनलाई केही व्यक्तिले शनिबार झापामा कुटपिट गरेका थिए ।

थापा नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाको प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। विद्युत प्राधिकरणको गाडीको चालकसँग विवाद हुँदा एक्कासी आफूमाथि आक्रमण भएको थापाको दाबी छ।

यसैबीच नेपाली कांग्रेसले उक्त घटनाको घोर निन्दा गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्