काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । आइतबार उनी आफैं अदालत हाजिर भएका हुन् । उनको आजैबाट बयान तथा थुनछेक बहस सुरु हुनेछ ।
स्वर्णलक्ष्मिी सहकारी को रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
सो प्रकरणमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने गत साता नै अदालतमा हाजिर भएका थिए । उनी ६० लाख धरौटी तिरेर छुटिसकेका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग धरौटी मागेको थियो ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।